रिलायबल नेपाल लाइफको डिसीईओमा दिपेश बाबु तिवारी नियुक्त

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डिसीईओ) मा दिपेश बाबु तिवारी नियुक्त भएका छन् ।

तिवारी वित्तीय क्षेत्रमा धेरै अनुभव बटुलेका व्यक्ति हुन् । उनले आफ्नो करियर एक फाइनान्स कम्पनीबाट सुरु गरेका थिए। वर्षौंको दौडान, उनले केही प्रतिष्ठित वित्तीय संस्थाहरूमा सेवा गरे र सीढी माथि सारिन्, र विभिन्न विभागहरूमा महत्त्वपूर्ण व्यवस्थापकीय भूमिका निर्वाह गरिसकेका छन् ।

तिवारीले बैंकिङ तथा वित्तीय क्षेत्रमा दुई  दशक बढी काम गरेको अनुभवसहित कार्यकारी–एमबिए शिक्षाका साथै अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम, कार्यशाला, सेमिनारमा सहभागी भइसकेका छन् र स्रोत व्यक्तिका रूपमा आमन्त्रित पनि भएका छन् ।

कम्पनीमा सहायक महाप्रबन्धकको रूपमा आवद्ध हुनु अघि तिवारी ग्लोबल आईएमई बैंक लिमिटेडमा आबद्ध रहेका थिए।

उनी मुख्य रूपमा वित्त तथा लेखा विभागको सञ्चालनका साथै अन्य व्यवस्थापन कार्यहरूको लागि जिम्मेवार छन् । 

एजेन्सी

Comments

Back to top