भक्तपुरका नेवार समुदायको आज म्हः पूजा, भोलि भाइटीका
भक्तपुरका नेवार समुदायले आज (शुक्रबार) म्हः पूजा गर्ने र भोलि (शनिबार) भाइटीका लगाउने भएका छन् ।
भक्तपुर नगरपालिकाले आज साँझ ५.१५ बजेपछि कछलाथ्व प्रतिपदा तिथि पर्ने भएकाले म्हःपूजा गर्न र कात्तिक १७ गते साँझ ७ः०१ बजे द्वितीया तिथि पर्ने भएकाले भाइटीका अर्थात् किजा पूजा मनाउने निर्णय गरेको हो ।
यससँगै नगरक्षेत्रका नेवार समुदायले आज म्हःपूजा र भोलि भाइटीका लगाउने भएका हुन् ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले कात्तिक १८ गते भाइटीका र किजा पूजा गर्ने निर्णय गरे पनि भक्तपुर नगरपालिकाले भने कात्तिक १७ गते मनाउने निर्णय गर्दै नगरबासीलाई आह्वान गरेको हो ।
एजेन्सी
Comments