सोल्टी होटलद्वारा वार्षिक साधारणभसा आह्वान
सोल्टी होटल लिमिटेडले शेयरधनीहरूलाई २६.८४२१०५२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
होटलको कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र २६.८४२१०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
उक्त लाभांश पारित गर्न होटलले पुस ४ गते ५०औं वार्षिक साधराणसभा पनि बोलाएको छ । सभा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा विहानको ११ बजेबाट शुरू हुनेछ ।
सभा प्रयोजनार्थ होटलले मंसि १३ गतेदेखि बुक क्लोज गर्ने निर्णय समेत गरेको छ । यसका आधारमा १२ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
एजेन्सी
Comments