सगरमाथा जलविद्युत कम्पनीको ५ प्रतिशत लाभांश घोषणा
सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले ५ प्रतिशत लाभांश घोषणा गरेको छ । यसले ४.७५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
कम्पनीले मंसिर १४ गते उक्त प्रस्ताव पारित गर्न यस साधारण सभा बोलाएको छ । साधारण सभा, स्मार्ट दरबार, शंखरपार्क, काठमाडौंमा बिहान ९ बजे सुरु हुनेछ ।
साधारण सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।
साधारण सभा प्रयोजनका लागि यस कम्पनीले कात्तिक २६ गते बुक क्लोज गर्ने भएका छ । कात्तिक २१ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन योग्य हुनेछन् ।
कात्तिक २२ गते सार्वजनिक विदा, २३ गते शुक्रबार, २४ गते शनिबार र २५ गते पनि सार्वजनिक विदा परेको हुँदा कात्तिक २१ गतेसम्म कायम सेयरधनीले लाभांश पाउन सक्नेछन् ।
एजेन्सी
Comments