नेप्सेमा १४.४३ अंकको गिरावट, ५ अर्ब ९५ करोडको सेयर कारोबार!
बुधबार नेप्से परिसूचक १४.४३ अंकले घटेर २,६७७.६२ विन्दुमा पुगेको छ।
यस दिन कारोबार भएका ३०५ कम्पनीको कुल १ करोड २० लाख ६९ हजार ८७८ कित्ता सेयरको करिब ५ अर्ब ९५ करोड ३९ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ७५ कम्पनीको सेयर मूल्य बढेको छ, १६४ कम्पनीको मूल्यमा गिरावट छ भने ५ कम्पनी स्थिर रहे।
यस दिन कारोबार भएका १० उपसमूहको परिसूचक घटेको छ भने ३ उपसमूहको परिसूचक बढेको छ।
प्रमुख कारोबार
यस दिन टप गेनरमा गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेड, मीड सोलु हाइड्रोपावर लिमिटेड रहेका छन् जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने टप लुजरमा जानकी फाइनान्स कम्पनी लिमिटेड रहेको छ जसको सेयर मूल्य ४.९०% ले घटेको छ। कारोबार रकमका आधारमा सिइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३४ करोड १७ लाख बराबरको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा हिमालयन उर्जा विकास कम्पनी लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ।
Comments