स्पेनमा अति ठूलो वर्षाका कारण धेरै क्षेत्र डुबानमा

अति ठूलो वर्षाका कारण युरोपेली देश स्पेनका धेरै क्षेत्र डुबानमा परेका छन् । भ्यालेन्सिया शहरमा अवस्था भयावह रहेको बीबीसीले जनाएको छ ।

केही शवहरुसमेत फेला परेको तर आधिकारिक पुष्टि हुन बाँकी छ । पूर्वी प्रान्त अल्बासेटेमा ६ जना हराइरहेका विपद् उद्दारमा खटिएका अधिकारीहरूले बताएका छन् ।

गएरातिदेखि  राहत तथा उद्धार कार्य भइरहेको छ । सामाजिक सञ्जालमा वर्षा र बाढीसँग सम्बन्धित धेरै भिडियोहरु सार्वजनिक भएका छन् जसमा गाडी तथा घरहरु पानीमा डुबेको देखिन्छ ।

बाढीमा फसेका सयौँ मानिसहरूले रेडियो र टिभी स्टेशनलाई मद्दतको लागि फोन गरिरहेका छन् । कतिपय क्षेत्रमा आकस्मिक सेवासमेत उपलब्ध छैन । बेपत्ता व्यक्तिहरूको खोजी गर्न ड्रोनको प्रयोग भइरहेको स्पेनको सरकारी टेलिभिजनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

स्पेनको मौसम एजेन्सीले भ्यालेन्सिया शहरमा दोस्रो पटक उच्च सतर्कता जारी गरेको छ । त्यहाँ यसअघि नै विद्यालयहरु बन्द भइसकेका छन् भने खेलकुदका कार्यक्रम स्थगित गरिएको छ ।

यसैबीच प्रधानमन्त्री पेड्रो सान्चेजले सामाजिक सञ्जाल मार्फत् मानिसहरूलाई प्रशासनको सल्लाह पालना गर्न आग्रह गर्नुका साथै अनावश्यक यात्रा नगर्न आह्वान गरेका छन् ।

एजेन्सी

Comments

Back to top