जापानमा सत्ता गठबन्धनले पाएन बहुमत
जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) गठबन्धनले संसद्मा बहुमत ल्याउन सकेन ।
एलडीपीले मात्रै १९१ सिट पाएको छ भने ६५ सिट गुमाएको छ । यो विगत १५ वर्षमा पार्टीको सबैभन्दा खराब नतिजा हो। एलडीपी र उनको सहयोगी कोमेटोले मिलेर २१५ सिट पाएका छन् ।
सरकार चलाउन गठबन्धनले २३३ सिट प्राप्त गर्नुपर्नेछ । जापानका प्रधानमन्त्री शिगेरु इसिबाले गत महिना पार्टी अध्यक्ष पदका लागि चुनाव जितेका थिए, त्यसपछि उनी देशको प्रधानमन्त्री बनेका थिए । यसपछि इसिबाले चुनाव गराउने घोषणा गरेका थिए ।
चुनावी नतिजा आएपछि जापानी प्रधानमन्त्रीले चुनावी नतिजा आफ्नो पक्षमा नआएको बताएका छन् ।
चुनावअघि जापानी सञ्चारमाध्यममा एलडीपीले बहुमत नआए प्रधानमन्त्री इसिबाले राजीनामा दिन सक्ने दाबी गरिएको थियो । यदि यसो भएको भए, उनी दोस्रो विश्वयुद्ध पछि सबैभन्दा छोटो अवधिको लागि प्रधानमन्त्रीको रूपमा सेवा गर्ने व्यक्ति बन्ने थिए । तर, इशिबाले आफू पदमै रहने बताएका छन् ।
एलडीपीले बहुमत नपाएको यो सन् २००९ पछि पहिलो पटक हो । बीबीसीका अनुसार बहुमत हासिल गर्न नसक्नुको कारण एलडीपी नेताहरु धेरै घोटालामा फसेका छन् । यही कारण एलडीपीको लोकप्रियता लगातार घट्दै गएको छ ।
एजेन्सी
Comments