दक्षिण लेबनानको लडाइँमा पाँच इजरेली सैनिकको मृत्यु
इजरेली सेनाले आइतबार दक्षिण लेबनानमा पाँच सैनिक मारिएको बताएको छ । योसँगै सेप्टेम्बर ३० मा स्थल अभियान सुरु भएयता त्यहाँ लड्ने सैनिकहरूको मृत्यु सङ्ख्या ३७ पुगेको छ ।
“सैनिकहरू दक्षिण लेबनानमा लडाइँका क्रममा मारिए”, उनीहरू शनिबार मारिएको उल्लेख गर्दै सेनाले एक विज्ञप्तिमा भनेको छ ।
हिजबुल्लाहले हमासले अघिल्लो दिन इजरेलमा गरेको अभूतपूर्व आक्रमणपछि प्यालेस्टिनी लडाकू समूहको समर्थनमा सन् २०२३ अक्टोबर ८ देखि इजरेलमाथि रकेट प्रहार गर्न थालेको थियो ।
इजरेलले गत महिनाको अन्त्यमा लेबनानमाथि आफ्ना हवाई आक्रमणहरू उल्लेखनीय रूपमा बढाउनुअघि दक्षिण लेबनानमा स्थल अभियानहरू सुरु गरेको थियो ।
आधिकारिक आँकडाहरूमा आधारित एएफपीको गणनाअनुसार सेप्टेम्बर २३ देखि युद्धमा लेबनानमा कम्तीमा एक हजार छ सय १५ मानिस मारिएका छन् । यद्यपि तथ्याङ्कमा रहेको कमीका कारण वास्तविक सङ्ख्या योभन्दा बढी हुन सक्छ ।
एजेन्सी
Comments