आजसम्म कायम शेयरधनीले एलआईसीको हकप्रद किन्न पाउँने

लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड (एलआईसी) को हकप्रद शेयर आज (कात्तिक ८ गते)सम्म कायम शेयरधनीले मात्रै किन्न पाउँछन् । हकप्रद निष्काशन प्रयोजनार्थ कम्पनीले भोलि कात्तिक ९ गते बुक क्लोज गर्दैछ। तसर्थ आजसम्म कायम शेयरधनीले मात्रै कम्पनीको हकप्रद किन्न सक्नेछन् ।

कम्पनीले ८८.४५ प्रतिशत हकप्रद शेयर बिक्री गर्ने निर्णय गरेको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १ः०.८८४५ अनुपातमा २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद शेयर बिक्री गर्न अनुमति दिइसकेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा हकप्रद शेयर बिक्री गर्नेछ ।

हकप्रद शेयर निष्कासनका लागि कम्पनीले नेपाल एसबीआई मर्चेन्ट बैंकिङलाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ छ । हकप्रद निष्काशन पछि चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुग्नेछ ।

एजेन्सी

Comments

Back to top