ग्लोबल आइएमई बैंक र आईसीआईसीआई बैंक क्यानाडाबीच बैंकिङ्ग सेवा सम्बन्धी सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर

ग्लोबल आइएमई बैंक लिमिटेड र आईसीआईसीआई बैंक क्यानाडा बीच विभित्र बैंकिङ्ग सेवा सम्बन्धी सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

यस सम्बन्धी सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृति सु्रेन्द्रराज रेग्मी र आईसीआईसीआई बैंक क्यानाडाका व्यवसाय प्रमुख हिमादर मडीपत्लाले मडीपत्लाले हस्ताक्षर गरेका छन् ।

यो सम्झौता भएसँगै नेपालबाट अध्ययनका लागी क्यानाडा जाने विद्यार्थी, स्थायीरुपमा क्यानाडा बसाई सरी जाने आप्रवासी, तथा फेडरल स्किल्ड वर्करहरुले आईसीआईसीआई बैंक क्यानाडाको बिभित्र बैकिङ्ग सेवा उपभोग गर्न तथा क्यानाडाबाट नेपालमा रेमिट्यान्स पठाउन÷प्राप्त गर्न सहज हुनेछ ।

एजेन्सी

Comments

Back to top