उत्तरी गाजामा इजरायली आक्रमणमा कम्तीमा ७३ जनाको ज्यान गयाे

उत्तरी गाजाको बेत लाहिया क्षेत्रमा इजरायली आक्रमणमा परी कम्तीमा ७३ जनाको ज्यान गएको छ । इजरायली आक्रमणमा महिला र बालबालिकाको पनि ज्यान गएको हमासका अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

शनिवार राति भएको आक्रमणमा धेरै जना घाइते भएको उल्लेख छ तर घाइतेहरूको सङ्ख्या उपलब्ध छैन । हमासका अधिकारीहरूले बम विष्फोटपछि धेरै मानिस अझै पनि भग्नावशेषमुनि फसेका बताएका खबरमा उल्लेख छ ।

यो आक्रमणको सम्बन्धमा इजरायलले यससँग सम्बन्धित रिपोर्टको छानबिन गरिरहेको जनाएको छ । इजरायली सेनाले हमासले घटनाको बारेमा बढाइचढाइपूर्ण जानकारी दिएको र यो आफूहरूको जानकारीसँग नमिल्ने बताएको छ।

गाजाका स्वास्थ्य अधिकारीहरूले बेत लाहिया क्षेत्रमा इन्टरनेट र सञ्चार सेवा पूर्णरूपमा बन्द भएकाले उद्धार कार्यमा बाधा पुगेको बताएका छन् । इजरायलले पछिल्लो आक्रमणमा भीडभाड भएको ठाउँलाई निशाना बनाएको हमास नियन्त्रित सरकारी मिडियाले जनाएको छ ।

एजेन्सी

Comments

Back to top