नेशनल लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ ।

शुक्रबार कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएको ४ प्रतिशतले हुन आउने २० लाख चार हजार ६६६ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

कम्पनीको शुक्रबार सूचीकृत भएको उक्त बोनस सेयर अब आइतबार देखि दोस्रो बजारमा कारोबार हुने भएको छ ।

एजेन्सी

Comments

Back to top