विपद्पछिको पुनर्निर्माण छिट्टै अघि बढाउने प्रधानमन्त्री ओलीको प्रतिबद्धता

प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो र डुबानका कारण भएको क्षतिप्रति गम्भीर हुँदै सरकारले सुरक्षित एकीकृत बस्तीको योजनाका साथ तत्काल पुनर्निर्माण र पुनर्व्यवस्थापनको काम अघि बढाउने बताएका छन् ।

प्राकृतिक विपत्तिका कारण खोटाङमा भएको क्षति र पुनर्निर्माणबारे आज प्रधानमन्त्री निवास बालुवाटारमा जिल्लाको सर्वदलीय प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले भोलि बस्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् र मन्त्रिपरिषद्को बैठकबाट प्रारम्भिक राहत तथा अस्थायी आवाससँगै पुल निर्माणबारे आवश्यक निर्णय गरिने जानकारी गराए ।

उनले बाढी र पहिरोका कारण काठमाण्डौ जोड्ने विभिन्न सडक अवरुद्ध भएकोमा सोचेभन्दा छिटो गतिमा काम गरेर अस्थायी रूपमा सडक सञ्चालनमा आएको समेत बताए।

एजेन्सी

 

Comments

Back to top