अर्थशास्त्रतर्फको नोबेल पुरस्कार : तीन जना अमेरिकी अर्थशास्त्रीले प्राप्त गर्ने

यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना अमेरिकी अर्थशास्त्रीले संयुक्त रूपमा प्राप्त गर्ने भएका छन्। नोबेल पुरस्कार छनोट समितिले म्यासाचुसेट्स इन्स्टिच्यूट अफ टेक्नोलोजीका डारोन एसिमोग्लु, साइमन जोन्सन र सिकागो विश्वविद्यालयका जेम्स रोविन्सनलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

संस्थाहरू कसरी बन्छन् र समृद्धिलाई प्रभावित तुल्याउँछन् भन्ने अध्ययनको योगदानलाई सम्मान गरेर उनीहरुलाई पुरस्कृत गर्न लागिएको पुुरस्कार छनोट समितिले जनाएको छ । योसँगै यो वर्षको नोबेल पुरस्कारका सबै विधाको टुङ्गो लागेको छ ।

यसवर्ष चिकित्साशास्त्रतर्फ भिक्टर एम्ब्रोस र ग्यारी रभ्कनले, भौतिकशास्त्रतर्फ जोन जे हप्फील्ड र जेफ्री ई हिन्टनले, रसायनशास्त्रतर्फ डेभिड बेकर, डेमिस हसाबिस तथा जोन एम जम्परले, साहित्यतर्फ हान काङ र नोबेल शान्ति पुरस्कार जापानी संस्था ‘निदोन हिदान्क्यो’ संस्थाले पाउनेछन्।

हरेक पुरस्कारको राशी १ करोड १० लाख स्वीडिस क्रोनर अर्थात् नौ लाख, ९० हजार अमेरिकी डलर बराबर रहेको छ।

एजेन्सी

Comments

Back to top