गाजाको एक विद्यालयमा इजरायली आक्रमण, १५ जनाको मृत्यु
गाजाका अधिकारीहरूले एउटा विद्यालयमा इजरायली आक्रमणमा परी १५ जनाको मृत्यु भएको बताएका छन् ।
यो विद्यालय विस्थापित प्यालेस्टिनीहरूको लागि आश्रयस्थलको रूपमा प्रयोग भइरहेको थियो ।
गाजामा हमासद्वारा सञ्चालित सिभिल डिफेन्स एजेन्सीले आइतबार नुसैरत शिविरमा भारी गोलीबारी भएको जनाएको छ ।
सिभिल डिफेन्सका प्रवक्ताले भने, ”आक्रमण अल-मुफ्ती स्कूलमा गरिएको थियो, जहाँ गाजा वरपरका सयौं विस्थापित मानिसहरूले आश्रय लिएका थिए ।”
यस हमलामा एक दर्जन व्यक्तिको मृत्यु भएको थियो भने कम्तीमा ५० जना घाइते भएका थिए ।
हालै गाजाको उत्तरमा धेरै द्वन्द्व भइरहेको छ । त्यहाँ इजरायली सेनाले फिल्ड अपरेशनको भागको रूपमा ठूलो मात्रामा आक्रमण गरिरहेको छ ।
एजेन्सी
Comments