बीपी राजमार्गमा साना गाडी मात्रै सञ्चालनमा, ठूला गाडी चलाउन रोक
बीपी राजमार्ग अन्तर्गत काभ्रेको पिप्ले खण्डमा सुक्खा पहिरोले अवरुद्ध भएको सडक एकतर्फी रुपमा दुई पाङ्ग्रे तथा साना गाडीका लागि मात्रै सञ्चालन भएको छ । अझै पनि सुक्खा पहिरो खस्नेक्रम नरोकिएकाले र सडकको अवस्था कमजोर रहेकाले ठूला गाडी चलाउन रोक लगाएको प्रहरीले जनाएको छ ।
सडक खुलाउन निरन्तर प्रयास भइरहे पनि निर्बाधरुपमा दुईतर्फी सडक सञ्चालनमा आउन अझै केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक बसुन्धरा खड्काले उज्यालोलाई जानकारी दिए । उनले सडकको अवस्था निकै कमजोर रहेकाले सकेसम्म जोखिम मोलेर यात्रा नगर्न र ठूला गाडी नचलाउन सबैमा आग्रह गरेका छन्।
दुई पाङ्ग्रे तथा साना गाडीबाट यात्रा गर्नुपरेमा सुक्खा पहिरो र सडकको अवस्था हेरेर सावधानीपूर्व यात्रा गर्न उनले सबैमा अनुरोध गरेका छ । १४ दिनपछि हिजो बिहान खुलेको सडक सुक्खा पहिरोका कारण फरि बन्द भएको थियो ।
एजेन्सी
Comments