नेपाल लाइफद्वारा दशैंलक्षित टिकटक प्रतियोगिता आयोजना, विजेताले ३० हजार रूपैयाँ पाउने
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दशैंको अवसरमा टिकटक प्रतिस्पर्धाको आयोजना गरेको छ। कम्पनीले ‘हामीलाई त बडादशैं लाग्यो है!’ नामक टिकटक प्रतिस्पर्धाको आयोजना गरेको हो।
टिकटकको जिंगलमा सहभागी प्रतिस्पर्धीले आ-आफ्नो रचना प्रस्तुत गर्नुपर्नेछ। नेपाल लाइफबाट उपलब्ध जिंगलमा टिकटक बनाएर अपलोड गर्नेमध्ये उत्कृष्ट तीन प्रतिस्पर्धीलाई क्रमशः ३० हजार, २० हजार र १० हजार रूपैयाँ नगद पुरस्कार प्रदान गरिने बताइएको छ।
कम्पनीका अनुसार विजेता चयन भ्युज, लाइक, सेयर र प्रस्तुतिका आधारमा गरिनेछ।
यो प्रतिस्पर्धामा यही असोज १७ देखि कात्तिक २४ सम्म सहभागी हुन सकिनेछ।
एजेन्सी
Comments