भारतमा विद्युतीय गाडीको बिक्री २५ प्रतिशत बढ्यो

भारतमा पछिल्लो छ महिनामा विद्युतीय सवारीसाधनको बिक्री २५ प्रतिशतले बढेको छ । अहिले भारतमा कुल विद्युतीय गाडी (ईभी)को दर्ता आठ लाख ३७ हजार पुगेको छ । गत वर्ष सात लाख दुई हजार ईभी रजिस्टर्ड भएका थिए ।

अप्रिलदेखि सेप्टेम्बरसम्म एक लाख ४९ हजार ईभी दर्ता भएका छन् । भेहिकल पोर्टलका अनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमासमा विद्युतीय यात्रुवाहक सवारी साधनको बिक्री ४३ हजार एक सय २० युनिट रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा ४२

हजार पाँच सय ५० युनिट बिक्री भएको थियो । पहिलो त्रैमासिकमा बिक्री आठ दशमलव छ प्रतिशतले बढेर २२ हजार सात सय ४९ इकाइमा पुगेको छ । दोस्रो त्रैमासमा बिक्री छ प्रतिशत घटेर २० हजार एक सय ४१ इकाइ बिक्री भएको छ ।

एजेन्सी

Comments

Back to top