लिबर्टी माइक्रो लाइफ र ब्लूबर्ड इन्टरनेशनल क्लिनिक बीच विशेष छुट सम्झौता
लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स र ब्लूबर्ड इन्टरनेशनल क्लिनिक बीच ग्राहकहरूलाई विशेष लाभहरू उपलब्ध गराउन सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता अनुसार, ब्लूबर्ड इन्टरनेशनल क्लिनिकले लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सका ग्राहकहरू, कर्मचारीहरू, एजेन्टहरू, र उनीहरूका परिवारका सदस्यहरूलाई एन्युल होल वडि हेल्थ प्याकेजमा वार्षिक सम्पूर्ण शारीरिक स्वास्थ्य प्याकेज मा ५०% छुट प्रदान गर्नेछ।
सम्झौताका थप बुँदाहरूमा, प्रत्येक महिनाको पहिलो शनिबार स्थानीय क्षेत्रलाई लक्षित गरी एक निस्शुल्क मेडिकल क्याम्प आयोजना गरिनेछ, जसमा लिबर्टी माइक्रो लाइफ र ब्लूबर्ड इन्टरनेशनल क्लिनिकको समन्वय रहनेछ ।
छुटहरूमा प्याथोलोजीरल्याब परीक्षणहरूमा २०% एक्स-रे, ईसीजीमा २५%, साना शल्यक्रियात्मक प्रक्रियामा १५%, फिजियोथेरापीमा २५%, यूएसजी/इको/टिएमटी/पीएफटी तथा बीएमडीमा १०%, दन्त चिकित्सा सेवाहरूमा २०% छुट प्रप्त गर्ने छन् ।
यस समझौता पत्रको माध्यमबाट दुवै संस्थाले ग्राहकहरूको स्वास्थ्य सेवालाई अझ सुलभ र प्रभावकारी बनाउने र हरेक नागरिकलाई स्वास्थ्य तथा जीवन बीमाको महत्व बुझाउने लक्ष्य राखेका छन् । दुवै संस्थाका तर्फबाट सम्पूर्ण नेपालीहरुमा सु-स्वास्थ्य सहित महान चांड बडा दशैँको उपलक्ष्यमा शुभकामना पनि व्यक्त गरेका छन् ।
एजेन्सी
Comments