सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको असोज २१ गते वार्षिक साधारण सभा

सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले २ आर्थिक वर्षको नाफाबाट बोनस सेयर वितरण गरेर हकप्रद सेयर पनि जारी गर्ने भएको छ ।

कम्पनीले अघिल्लो २ आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पुँजीको ११ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने जनाएको छ । उक्त बोनस सेयर वितरणपश्चात ५४.५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने कम्पनीको योजना छ ।

कम्पनीले उक्त प्रस्ताव पारित गर्न असोज २१ गते वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई लाभांश वितरण हुनेछ ।

साधारण सभामा अघिल्लो २ आर्थिक वर्षको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।

त्यस्तै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले असोज ७ गते बुक क्लोज गरिसकेको छ । असोज ६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभाामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । साधारण सभा, कालिमाटी ब्यांक्वेट कालिमाटी, काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ ।

एजेन्सी

Comments

Back to top