अमेरिकामा तेलको माग बढ्यो

अमेरिकी तेलको माग जुलाईमा बढेर सन २०१९ यताकै उच्च स्तरमा पुगेको छ । जब कि तेलको उत्पादन तीन महिनामा दोस्रो पटक घटेको छ । आर्थिक दबाबमा परेका चीनजस्ता प्रमुख उपभोक्ताहरुको तुलनामा अमेरिकी तेलको माग बढी देखिएको छ ।

जुनदेखि जुलाईमा तेलको खपत प्रतिदिन एक दशमलव दुई प्रतिशत बढेर २० दशमलव ४८ मिलियन ब्यारेल पुगेको छ । जुन सन् २०१९ यता सबैभन्दा उच्च हो । पेट्रोल र अल्ट्रा–लो सल्फर डिजेलको माग २०१९ यता उच्च मौसमीस्तरमा थियो, जब कि जेट इन्धनको माग एक कदशमलव ८३ मिमलियन बीपीडी २०१९ अगस्टयताकै उच्च हो ।

अमेरिकी तेलको उत्पादनमा तीन महिनामा दोस्रो पटक गिरावट आएको छ । कुल अमेरिकी तेल उत्पादन जुनदेखि २५ हजार बीपीडीले घटेर जुलाईमा १३ दशमलव २१ मिलियन बीपीडीमा पुगेको छ । केही तेल विश्लेषकहरु र लगानीकर्ताहरुले अमेरिकी तेल उत्पादनमा मन्दी आउने सङ्केत गरेका छन् ।

एजेन्सी

Comments

Back to top