रुसले आउँदो वर्ष रक्षा खर्च ३० प्रतिशतले बढाउने

रुसले आउँदो वर्ष आफ्नो रक्षा खर्च ३० प्रतिशतले बढाउने भएको छ । रुसको रक्षा बजेट सन् २०२५ मा एक सय ३५ खर्ब रुबल अर्थात एक खर्ब ४५ अर्ब डलरको हुने हिजो प्रकाशित भएको बजेट योजनाको मस्यौदाले देखाएको छ ।

रक्षा र सुरक्षामा संयुक्त खर्चले आउँने वर्ष रुसको कूल सरकारी खर्चको झण्डै ४० प्रतिशत हिस्सा अर्थात चार सय १५ खर्ब रुबल हुने अनुमान गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । रुसको संसद्मा मस्यौदा बजेट उठाउनुअघि मस्कोले उच्च सैन्य खर्चका साथै लगानी र सामाजिक कल्याणमा वृद्धिको घोषणा गरेको थियो ।

युक्रेनमा आफ्नो आक्रामक अभियानलाई वित्तीय सहयोग प्रदान गर्न थप स्रोतहरूको उपयोग गरिरहेको रुसले रक्षा खर्च बढाएकामा अर्थतन्त्रका अरु क्षेत्रहरु आवश्यकताअनुसार प्राथमिकतामा नपरेको चर्चा हुन थालेको छ । यस विषयमा अर्थविज्ञहरुले असन्तुष्टि व्यक्त गरेका छन्।

एजेन्सी

Comments

Back to top