दुधमा काजु भिजाएर खानुका फाइदा

काजु स्वास्थ्यका लागि एकदमै फाइदाजनक छ । यसमा आवश्यक पोषक तत्व फाइबर, क्याल्सियम, भिटामिन के, म्याग्नेशियम, भिटामिन बी६ आइरन, जिंक आदि पाइन्छ जो विभिन्न प्रकारका विमारीबाट बच्नका लागि सहयोगी हुन्छ ।

काजुको सेवनले एनिमिया, ब्लड शुगर, कब्जीयत, हृदय सम्बन्धी रोग आदिमा फाइदा गर्छ । त्यहीँ काजुलाई दुधमा भिजाएर खाँदा यसको दुई गुना फाइदा प्राप्त हुन्छ । जानौं यसका कस्ता फाइदाहरु छन् ।

– यदी तपाईं हड्डीलाई बलियो बनाउन चाहनुहुन्छ भने दिनहुँ दुधमा भिजाएर काजु खानुहोस् । यसले शरीरको हड्डी बलियो बनाउँछ ।

– यदी तपाईंलाई कब्जीयतको समस्या छ भने पनि दुधमा काजु भिजाएर खानाले एकदमै फाइदा गर्छ । यसमा पाइने फाइबरले तपाईंको दिशा खुलाउँछ र कब्जीयत हुन दिँदैन ।

– स्वास्थ्य विशेषज्ञहरुका अनुसार दुधमा भिजाएर काजु खानाले शरीरको रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ । यसमा भिटामिन र मिनरल दुबै भरपूर मात्रामा पाइन्छ ।

काजु दुध बनाउने तरिका

रात सुत्नु अघि मनतातो दुधमा ५–७ वटा काजु भिजाइदिनुहोस् । बिहान उक्त दुधलाई राम्रोसँग उमाल्नुहोस्। त्यसपछि यसलाई सेवन गर्न सकिन्छ । काजु आफैमा गर्मी फल भएकाले धेरै मात्रामा सेवन गर्नु हुँदैन ।

एजेन्सी

Comments

Back to top