सिधाकुराका प्रकाशक र सम्पादकलाई ३ महिना कैद फैसला
सर्वोच्च अदालतले सीधा कुरा डटकमका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानालाई तीन महिना कैदको सजाय सुनाएको छ । अदालतको अवहेलना गरेको अभियोगमा सर्वोच्च अदालतले आइतबार उनीहरुलाई कैद सजाय सुनाएको हो ।
सर्वोच्चका प्रधान न्यायाधीश विश्वम्भवरप्रसाद श्रेष्ठसहित ९ न्यायाधीश संलग्न बृहत् पूर्ण इजलासले आइतबार निर्णय सुनाउँदै विवादित अडियो रेकर्ड गर्ने राजकुमार तिम्सिनालाई ६ महिना कैद सजाय सुनाएको छ । सिधाकुराका सम्पादक युवराज कँडेल र नवीन ढुंगानालाई जनही ३ महिना कैद सजाय सुनाएको छ । उनीहरुले माफी मागे ७ दिन मात्र कैद बस्नुपर्ने फैसलामा उल्लेख गरिएको छ ।
उनीहरूलाई जनही ५ हजार रुपैयाँ जरिवाना पनि ठहर भएको प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए ।
एजेन्सी
Comments