नासपाती खानुका फाइदा
मौसमी फलहरू स्वास्थ्यका लागि धेरै फाइदाजनक मानिन्छ । नासपाती पनि एक मौसमी फल हो । नासपातीको सेवनले शरीरलाई धेरै फाइदा मिल्न सक्छ । वास्तवमा नासपातीमा भिटामिन सी, भिटामिन बी–कम्प्लेक्स, के, खनिज, पोटासियम, फेनोलिक यौगिक, फोलेट, फाइबर, कपर, म्याङ्गनीज, म्याग्नेसियम, पाइन्छ ।
नासपातीमा क्यालोरीको मात्रा धेरै कम पाइन्छ, जसले तौल घटाउन मद्दत गर्न सक्छ । यति मात्र होइन, यसमा पाइने प्रशस्त फाइबरले पाचनलाई सुधार गर्न मद्दत गर्न सक्छ ।
फाइदाहरू
प्रतिरक्षा प्रणाली
नासपातीमा भिटामिन सी र धेरै पोषक तत्त्वहरू पाइन्छ, जसले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन मद्दत गर्छ । बलियो प्रतिरक्षा प्रणालीले शरीरलाई धेरै रोगहरूको चपेटामा पर्नबाट बचाउन सक्छ ।
हड्डी मजबुत
नासपाती क्याल्सियमको राम्रो स्रोत हो । क्याल्सियमले हड्डीहरूलाई बलियो बनाउन मद्दत गर्छ । हड्डीहरू कमजोर हुनबाट बचाउन नासपातीको सेवन गर्न सकिन्छ ।
आइरन
नासपातीलाई आइरनको राम्रो स्रोत मानिन्छ । जसमा हेमोग्लोबिनको कमी छ, उनीहरूले नासपातीको सेवन गर्नुपर्छ । यसले एनीमियाको कमी पूरा गर्न मद्दत गर्न सक्छ ।
पाचन तन्त्र
नासपातीको सेवनले पाचन तन्त्रलाई सुधार गर्छ । जसलाई पाचन समस्याहरू छन्, उनीहरूको लागि नासपातीको सेवन धेरै फाइदाजनक हुन सक्छ ।
थकान
शरीरमा थकान, कमजोरी महसुस हुन्छ भने नासपातीको सेवन गर्नुहोस् । नासपातीमा पाइने पोषक तत्त्वहरूले ऊर्जा बढाउन मद्दत गर्छ । यति मात्र होइन, यसले छालालाई पनि स्वस्थ राख्न मद्दत गर्न सक्छ ।
तौल घटाउन सहयोग
नासपातीको सेवनले तौल घटाउन मद्दत गर्छ । नासपातीमा क्यालोरीको मात्रा धेरै कम पाइन्छ । यसलाई आहारमा समावेश गरेर तपाईं आफ्नो तौललाई नियन्त्रणमा राख्न सक्नुहुन्छ ।
एजेन्सी
Comments