सानिमा बैंकको निक्षेप र कर्जाको ब्याजदर घट्यो

सानिमा बैंकले असोज महिनामा ब्याजदर घटाएको छ । बैंकले विभिन्न खातामा असोज १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर घटाएर सार्वजनिक गरेको हो ।

बैंकले असोजमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ५.९० प्रतिशत र संस्थागततर्फ ४.३० प्रतिशत ब्याजदर तोकेको छ ।

बैंकले रेमिट्यान्स खातामा ६.९० प्रतिशत ब्याजदर तोकेको छ। यसअघि भदौमा व्यक्तिगततर्फ ६.२० प्रतिशत, संस्थागततर्फ ४.९० प्रतिशत र रेमिट्यान्स खातामा ७.२० प्रतिशत ब्याजदर तोकेको थियो ।

एजेन्सी

Comments

Back to top