पलेशा गोवर्धनको सफलता!

पलेशा गोवर्धन अहिले चर्चामा छिन् । उनी हिलोमा फूलेको फूल झैं भएकी छिन् । आखिर उनको नाम पनि कमलको फूल नै हो । नेवारी भाषामा पलेस्वाँ भनेको कमलको फूल हो।

अन्तर्राष्ट्रिय खेल जगतमा नेपालको प्रवेश मात्र पनि ठूलो इज्जतको कुरा हो । त्यसमा पलेशाले सुनमा सुगन्ध थपिन् । यो सबैको प्रतिष्ठाको विषय बन्यो पनि । सरकारले ठूलो रासी सहयोग गरेको छ ।

उनको सम्मानले अरू खेलाडीमा पनि उत्साह ल्याएको छ । उनले विश्वमा नेपालको नाम पनि राखेकी छिन् । शास्त्रमा र नेपाली समाजमा पनि कमलको फूल सुख, शान्ति र ऐश्वऐश्वर्यको सुचकका रूपमा लिइन्छ ।

नेपालका लागि ओलिम्पिक्समा पदक निकै अमूल्य प्राप्ति हो। असंभवजस्तो देखिने र मानिने नेपाली खेलाडीको मनोविज्ञानमा उनले परिवर्तन ल्याउने ठूलो सफलता हात पारेकी छिन् ।

पलेशाको नाम ओलिम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाडीको रूपमा दर्ज हुन पुगेको छ । यो उनको १० वर्ष उमेरदेखिको पारा तेक्वान्दो खेल्दै र रमाउँदै आएको परिश्रमको परिणाम हो । रहरले मानिसलाई सफलतासम्म पुग्न निकै ठूलो सहयोग गर्छ । यो भित्री उत्साह र उमंगले मानिसलाई अद्वितीय उचाइ प्रदान गर्छ ।

पलेशा गोवर्धनले पेरिस पारालिम्पिक–२०२४ को के–४४ क्याटगोरीको महिला ५७ केजीमुनि प्रतिस्पर्धामा यो सफलता हात पारेकी हुन् । रिपेचेजको कांस्य पदक भिडन्तमा पलेशाले सर्बियाकी मरिजा मिसेभलाई १५–८ ले पराजित गरेकी थिइन् । यो दोस्रो प्रतिस्पर्धा थियो । रिपेचेजको पहिलो प्रतिस्पर्धामा पलेशाले फ्रान्सकी सोफी काभर्जनलाई २–१ ले पराजित गरेकी थिइन् ।

एजेन्सी

Comments

Back to top