कुमारी बैंक र दुसित ठानी हिमालयन रिसोर्टबीच सम्झौता

कुमारी बैंक लिमिटेड र धुलिखेलस्थित दुसित ठानी हिमालयन रिसोर्टबीच कुमारी बैंक लिमिटेडका ग्राहकलाई रिसोर्टबाट प्रदान गरिने सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।

सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुले दुसित ठानी हिमालयन रिसोर्टबाट प्रदान गरिने सेवाहरूमा कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड, मोबाइल बैकिङ्ग सेवाबाट रकम भुक्तानी गर्दा १५ प्रतिशत छुट प्राप्त गर्न सकिनेछ।

यस सुविधाबाट सेवाग्राहीहरूले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिने बैंकको विश्वास छ।

एजेन्सी

 

Comments

Back to top