विस्टन चर्चिल : दोस्रो विश्वयुद्धका नायक, जसले दुनियाँलाई हिटलरबाट बचाए

समय दोस्रो विश्व युद्धको थियो । जर्मनीले पोल्याण्डमाथि हमला गरेको दोस्रो दिन नै बेलायतमा उतारचढाव देखियो । प्रधानमन्त्री नेविल चेम्बेरलिन त्यो दवावमा निरिह हुँदै विस्टन चर्चिललाई फस्र्ट लर्ड अफ एडमिरालिटी नियुक्त गर्न बाध्य भए । आजको सन्दर्भमा यो पदलाई रक्षा सचिव सरह भन्न सकिन्छ । चर्चिललाई त्यही पद दिइयो, जुन पहिलो विश्वयुद्धताका उनीसँग थियो । पहिलो विश्वयुद्धताका भने एक सैन्य कारबाहीमा भएको असफलताका कारण उनलाई पदबाट हटाइएको थियो । चर्चिलले धेरै अघि हिटलरको खतरा युरोपलाई मात्र नभएर पूरै विश्वलाई नै भएको बताएका थिए ।

१ सेप्टेम्बर १९३९ मा पोल्याण्डमाथि हमता भएपछि उनको दाबीमा सत्यता देखिएको थियो । दोस्रो विश्वयुद्ध जब बेलायतको नजिक आयो, तब पहिलो विश्वयुद्धमा भएको असफलतालाई बिर्सिएर ६४ वर्षका चर्चिललाई युद्धको कमाण्ड सुम्पिइयो । लर्ड माउन्टवेटन इतिहासकार जोन पेरीको यो दावामाथि शंका गर्छन् । त्यत्तिबेला बेलायती संसद्मा चर्चिलबाहेक जर्मनको बारेमा जानकारी राख्ने अरु प्रतिनिधि कोही थिएनन् । चर्चिलले आफ्नो जीवनका कैयौं वर्ष जर्मनीको बारेमा जानकारी हासिल गर्नमै खर्चिएका थिए।

चर्चिलले पनि उनलाई नियुक्त गर्दा गरिएको विश्वास तोडेनन्। उनले बेलायतसँगै युरोप र विश्वलाई निराश बनाएनन् । इतिहास र त्यो समयलाई निराश बनाएनन् । चर्चिल नभएको भए बेलायतले युद्ध हार्ने सम्भावना थियो । उनलाई युद्धकालस्न प्रधानमन्त्रीको दर्जा दिइएको थियो । जर्मनीमाथि भएको हमलाको दुई दिनपछि ३ सेप्टेम्बरमा चर्चिलले युद्धमा समावेश हुने औचित्य सम्झाउन हाउस अफ कमाण्डलाई एउटा भाषण दिएका थिए । उक्त भाषणमा उनले भनेका छन्, ‘युद्धको बाटो निकै लामो र कठिन हुन्छ । तर, जीत बेलायतकै हुन्छ । किनकी बेलायतको साथमा सत्यता छ । यो नैतिकतासँगै व्यवहारिकताको कुरा हो ।’ उनले विश्वलाई नाज्जीसँग बचाउन बेलायत लड्ने र सबैले साथ दिँदा युद्ध जित्ने घोषणा गरेका थिए ।

चर्चिलको इमानदारीता र अवोधपनसँग बेलायतका मानिसहरु परिचित थिए । जर्मनीको तुलनामा बेलायतसँग सैन्य शक्ति कम थियो, मानिसको जीवनशैलीमा कठिनाई थपिँदै थियो । तर, चर्चिलले यो बलिदानी आवश्यक भएको र व्यर्थ नजाने विश्वास गरेका थिए । उनले आफ्नो भाषणमा युरोपका ती शहरहरु जसलाई हिटलरका सेनाले कब्जा गरेका थिए, एकदिन स्वतन्त्र हुने बताएका थिए । बेलायतका मानिसहरुले पनि उनको विगतका कारण यी कुरामा विश्वास गरेका थिए । बेलायतमा चेम्बरलिन प्रधानमन्त्री थिए । तर, नागरिकको आशा र आवाज भने चर्चिल बनेका थिए । युद्ध मैदान, हावा र समुन्द्र अर्थात सबै ठाउँमा भइरहेको थियो । बेलायतको जल सेनाले जर्मनीलाई रोकिरहेको थियो । जमिनमा नाज्जी सेनाको दबदबा थियो ।

युरोपियन देश नर्वेलाई जर्मनबाट बचाउन बेलायतका सेनाले टक्कर लिइरहेका थिए । नर्वेमाथि जीत वा हार जे भए पनि त्यसको असर बेलायतमा पर्ने देखिएको थियो । तर, युद्धको अवस्था देखेर मानिसले चेम्बरलिनको क्षमतामाथि शंका गर्न सुरु गरेका थिए । उनीविरुद्ध आवाज उठ्न थाल्यो, जसले संसदमा पनि उनीविरुद्ध अविश्वासको प्रस्ताव पारित गरायो । चेम्बरलिन राजीनामा दिन बाध्य भएका थिए । आफूले राजीनामा दिँदै गर्दा उनले बेलायतका राजालाई विदेश सचिव लर्ड हैलीफैक्सलाई आगामी प्रधानमन्त्रीको जिम्मा दिन प्रस्ताव गरेका थिए । तर, राजाले यो प्रस्तावलाई अस्विकार गर्दै १० मे १९४० मा चर्चिललाई बेलायतको युद्धकालन प्रधानमन्त्री नियुक्त गरिदिए । त्यो बेला चर्चिलभन्दा राम्रो विकल्प उनले देखेका थिएनन् । अबको कमाण्ड चर्चिलको हातमा थियो ।

सबै जिम्मा आफ्नो हातमा भएपछि उनले अबको बाटो केही सहज हुने विश्वाव गरेका थिए । तर, केही मानिसलाई चर्चिल यो कामको लागि उपयुक्त नभएको शंका थियो । तर, आगामी दुई हप्तामा नै उनीहरुको यो शंका मेटियो । चर्चिल प्रधानमन्त्री बनेपछि पहिलो भाषण दिदैं भनेका थिए, ‘मसँग मेहनत, पसिना, आँसु र रगत दिने बाहेक अरु केही विकल्प छैन । हाम्रो सामुन्ने यो युगकै सबैभन्दा कठिक समय देखिएको छ । केही महिनाको संघर्ष र यातना हाम्रो सामुन्ने छ । तपाईंलाई प्रश्न गर्न मन होला, हाम्रो नीति कस्तो छ ? म यत्ति भन्छु, हामी जमिन, हावा र पानीमा लडाईं गर्ने छौं । जति शक्ति ईश्वरले हामीलाई दिएका छन्, हामी तीनकै प्रयोग गरेर लड्ने छौं । तपाईंलाई प्रश्न गर्न मन होला, हाम्रो लक्ष्य के हो ? म भन्छु, जीत । जस्तो सुकै मूल्य चुकाएर भए पनि जीत । चाहे जस्तो सुकै त्रास हो, अप्ठ्यारो होस्, जति सुकै लामो बाटो होस्, हामी विजय नभइ रोकिने छैनौं । म हर्षका साथ यो काममको जिम्मा आफ्नो हातमा लिँदै सबैको सहयोगको अपेक्षा गर्छु । आउनुहोस्, सबै शक्ति प्रयोग गरेर अघि बढौं ।’ धेरैलाई थाहा छैन, चर्चिल बोल्दा केही असहज रुपमा बोल्थे । तर, पनि उनको भाषणमा देश र जनतालाई जोश र जाँगर थप्ने क्षमता थियो । उनी प्रखर वक्ता थिए ।

त्यसो त डनकिर्क अपरेशनमा ब्रिटेनको हार भएको थियो । तर, त्यो हारबाट पनि लाखौं सैनिकलाई बचाएर सरकारले सैनिक र नागरिकको मनोबल उच्च राखेको थियो । आफ्नो हार स्विकादैं चर्चिलले पनि भाषणमा भनेका थिए, ‘हामी अन्त्यसम्म लड्नेछौं । समुद्रमा, महासागरमा लड्नेछौं । हामीसँग भएको हौसलालले लढ्नेछौं । हामी जमिनमा, खेतमा, गल्लीहरुमा र पहाडमा पनि लड्नेछौं । तर, कहिल्यै पनि आत्मसमर्पण गर्ने छैनौं ।’ जब जर्मनीले फ्रान्समाथि पनि विजय हासिल गर्यो, तब शीर्ष नेतृत्वले हिटलरसमक्ष दया गर्न रोइकराई गरेका थिए । त्यत्तिबेला युरोपमा अन्धकार मडारिएको थियो । चर्चिलले त्यत्तिबेला युद्ध अपरिहार्य भएको बुझेका थिए । त्यसपछि उनले १८ जुन १९४० मा यस्तो भाषण दिए, जसलाई आज पनि विश्वकै महान भाषणमध्येको एक मानिन्छ । उनले उक्त भाषणमा भने– ‘फ्रान्ससँगको युद्ध सकिएपछि अब जर्मनीले बेलायतसँग युद्ध गर्ने छ । यो युद्धमा नै इसाई सभ्यताको कार्यभार अडिएको छ । बेलायतका मानिस, उहाँको संस्थान र साम्राज्यको अस्तित्व अब युद्धमा निर्भर छ । दुश्मनको रिस र दवाव अब हामीतर्फ हुन्छ । हिटलरलाई थाहा छ, उसले जित्नको लागि हामीले हार्नु आवश्यक छ । तर, हामीले जित्यौं भने पूरै युरोप स्वतन्त्र हुन्छ, पूरै दुनियाका मानिसको जीवन उन्नतितर्फ बढ्नेछ । हामीले हार्यौं भने अमेरिकासहित पूरै विश्व नै अध्यारोमा हराउनेछ । त्यसैले, हामी आफ्नो कर्तव्यतर्फ अग्रसर भएर सोच्न आवश्यक छ ।

यदि हाम्रो यो साम्राज्य र राष्ट्र हजारौं वर्षसम्म जिउँदो रह्यो भने भविष्यमा यो दिनलाई याद गर्दै मानिसहरुले भन्नेछन्–त्यो कति महत्वपूर्ण क्षण थियो ।’ हिटलरले जर्मनीको सत्ता हासिल गर्ने बित्तिकै आफ्नो सैन्य व्यापक क्षमतालाई विस्तार गरेका थिए । यता प्रधानमन्त्री बन्ने बित्तिकै चर्चिलले नागरिकहरुलाई आफ्नो खर्च कम गर्न अपील गरेका थिए र सैन्य तयारीको लागि धन बचाउन आग्रह गरेका थिए । अर्कातिर, फ्रान्स अल्जीरियाको बन्दरगाहमा रहेको आफ्नो जहाज बेलायतलाई जिम्मा लगाउन मानिरहेको थिएन । चर्चिलको बुझाइमा हारपछि हिटलरको इशारामा फ्रान्सको सत्ताले जहाज जर्मनीलाई जिम्मा दिने डर थियो । त्यसपछि उनले एक पल पनि समय नगुमाई सैन्य जहाजहरुलाई नष्ट गरिदिए । अर्कातिर, रसियासँग सहकार्य गर्ने कुरा चर्चामा थियो । त्यो विषयमा चर्चिलले भनेका थिए, ‘राक्षस र साम्यवादीमध्ये कुनै एकलाई छान्नु परेमा म साम्यवादीलाई नै छान्नेछु ।’ युद्ध जितेपछि भने चर्चिलले स्टालिनको साम्यवादी शासनको अपारदर्शिता फलामको भित्ता सरह भनेका थिए । बेलायतको युद्ध शक्ति बढाउन चर्चिलले अमेरिकासँग पनि सहयोगको माग गरेका थिए । उनले अमेरिकासँग भनेका थिए, ‘हामीलाई आफ्नो आर्शिवाद र सहयोग दिनुहोस । हामी न हार्नेछौं, न झुक्नेछौं । न हामीलाई युद्धको भयानकतासँग डर नै लाग्छ, न हामी थाक्ने नै छौं । हामीलाई हतियार दिनुहोस, हामी तपाईंहरुलाई निराश बनाउने छैनौं ।’ युद्धमा सफल चर्चिल, चुनावमा असफल युद्ध सकिएको थिएन ।

तर, यसको परिणामको पूर्व अनुमान भएको थियो । जर्मनीले युरोपमाथि आफ्नो कब्जा जमाउन गरेको प्रयासलाई असफल बनाउन चर्चिल सफल देखिएका थिए । त्यत्तिकैमा बेलायतमा चुनावको समय आयो । विश्वयुद्धमा बेलायतको हारलाई जीतमा बदल्ने चर्चिलको लोकप्रियता उच्च देखिएका थियो । तर, बेलायतका नागरिकहरुले भने चर्चिललाई सत्तामा राख्न रुचाएनन् । बेलायतका मानिसले उनलाई युद्धकालीन प्रधानमन्त्रीकै रुपमा सिमित गराए । युद्ध अन्त्यतिर आएकाले त्यसको युद्धकालीन प्रधानमन्त्रीको आवश्यकता उनीहरुलाई रहेन । चर्चिलले आफ्नो हारमा पनि संयमित हुँदै भने, ‘लोकतन्त्रको जीत यहि हो ।’ पछि १९५१ चुनावमा भने उनको जीत भयो र उनी फेरि प्रधानमन्त्री बने ।

एजेन्सी

Comments

Back to top