दोस्रो विश्वयुद्धमा विमान खस्यो, तर बुश बाँचे (सङ्घर्षपूर्ण कथा)

अमेरिकाको ४१ औं राष्ट्रपति बुशको पूरा नाम जर्ज हर्बट वाकर बुश हो । उनको जीवनका केही महत्वपूर्ण चरणहरु यहाँ उल्लेख गरिएको छ ।

जन्म : बुशको जन्म सन् १९२४ जुन १२ मा भएको थियो । उनी अमेरिकी सेनेटरका छोरा थिए ।

प्यासिफिकको युद्धमा सहभागी : सन् १९४२ मा बुश १८ वर्षको उमेरमा जलसेनामा आबद्ध भएका थिए । यो दोस्रो विश्वयुद्धको कुरा हो । साथै उनी सेनाको विमानको पाइलट पनि बनेका थिए । सन् १९४४ मा उनको विमानलाई जापानी सेनाले गोलीले हानेर खसालेका थिए । उनलाई भने समुद्रबाट उद्धार गरिएको थियो ।

विवाह : सन् १९४५ को जनवरी महिनामा उनको बारबारा पायर्ससँग विवाह भएको थियो । बुशले उनलाई नाचिरहेको अवस्थामा भेटेका थिए । उनीहरुको छ छोराछोरीहरु छन् भने यो जोडी राष्ट्रपतीय इतिहासमा सबैभन्दा लामो समय सँगै बिताउने जोडी हो । बारबारा बुशको ८ महिनाअघि निधन भएको थियो ।

व्यावसायिक सफलता : सन् १९५१ मा उनले टेक्ससमा तेलको व्यावसाय सुरु गरेका थिए । दुई वर्षपछि उक्त कम्पनी अन्य कम्पनीहरुसँग मिसिँदै जापटा पेट्रोलियम बन्न पुगेको थियो । यसले उनलाई लखपति बनाएको थियो ।

राजनीतिमा प्रवेश : सन् १९६३ मा बुश ह्यारी काउन्टि रिपब्लिकन कमिटिमा उठेका थिए । उनको जितले धेरै टेक्ससका रिपब्लिकन नेताहरुको ध्यान खिचेको थियो ।

सरुवाती हार : १९६४ मा बुश सेनेटका लागि निर्वाचनमा उठेका थिए तर उनी डेमोक्रेटिकका नेतासँग पराजित हुन पुगेका थिए ।

वासिङटनसम्मको यात्रा : सन् १९६६ मा उनी तल्लो सदनको प्रतिनिधिको रुपमा वासिङटन गएका थिए । उनीहोउस्टनबाट प्रतिनिधित्व गर्दै वासिङटन पुगेका थिए । सन् १९७० मा उनी पुनः सेनटका लागि छानिन असफल भएका थिए ।

राष्ट्रसंघको राजदूत : १९७१ मा बुशलाई राष्ट्रसंघको लागि अमेरिकी राजदूत चयन गरिएको थियो । त्यतिबेला पनि आफ्नो भूमिका निकै प्रभावकारी ढङ्गमा निभाएका थिए । सन् १९७४ मा बुशलाई चीनका लागि अमेरिकी दूत नियुक्त गरिएको थियो ।

पार्टीमा समस्या: १९७२ मा बुशलाई पार्टीको रष्ट्रिय समितिमा ल्याइएको थियो । त्यतिबेला वाटरगेट काण्डको विषयमा अनुसन्धान जारी थियो । पछि उनी पनि यो मुद्दामा जोडिएका थिए र राष्ट्रपतिको राजीनामा मागेका थिए ।

उपराष्ट्रपति र राष्ट्रपति : आफैं राष्ट्रपतिका लागि उठेका बुशलाई रोनाल्ड रेगनले सन् १९८० मा उपराष्ट्रपति बनाएका थिए । सन् १९८८ मा बुश अमेरिकाको ४१ औं राष्ट्रपति बनेका थिए ।

पानामाको मद्दामा महत्वपूर्ण निर्णय : उनले १९८९ को डिसेम्बरमा पानामाका प्रमुखलाई लागूऔषधको मुद्दामा हटाउनुपर्ने पक्षमा वकालत गरेका थिए । अमेरिकाको सहयोगमा उनी बाहिरिएका थिए ।

असहायको लागि महत्वपूर्ण नियम : उनको पालामा अमेरिकामा असाहाय मानिसहरुमाथि भेदभावमा रोक लगाइएको थियो भने कस, रेल र भवनहरुमा पनि असाहायहरुको लागि प्रवेश दिइनुपर्ने नियम ल्याइएको थियो।

करको मार : उनले संघीय घाटा कम गर्नका लागि कर बढाउने योजना ल्याएका थिए । उनको नयाँ कर नलगाउने योजना भने उनका लागि महँगो साबित हुन पुगेको थियो ।

खाडी युद्ध : सन् १९९१ मा अन्तर्राष्ट्रिय सहयोगी मुलुकहरुसँग मिलेर बुशले कुबेतको मामिलामा इराकको राजधानी बगदादमा हवाई आक्रमणको निर्देशन दिएका थिए। उक्त युद्धमा अमेरिका विजयी भएको थियो ।

न्युक्लियर सम्झौता : सन् १९९१मा बुशले रुससँग न्युक्लियर सम्झौता गरेका थिए । जसले न्युक्लियरको गलत प्रयोग हुनबाट बचाएको थियो ।

बाबुजस्तै छोरा : सन् २००१ मा बुशका छोरा जर्ज डब्ल्यू बुश अमेरिकाको ४३ औं राष्ट्रपति बनेका थिए । यस्तोमा धरैले बाबुको नामले छोरालाई अमेरिकाको राष्ट्रपति पद मिलेको बताएका थिए ।

एजेन्सी

Comments

Back to top