निसानले ल्यायो ‘निसान फेस्टिभ डिल’, नयाँ गाडी खरिदमा १५ लाखसम्म छुट

नेपालमा निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्पले निसानका गाडीहरूमा ‘निसान फेस्टिभ डिल’ को विशेष छुटको योजना ल्याएको छ।

यो योजना निसानका सबै गाडीहरू निसान म्यागनाइट, निसान किक्स, निसान नाभारा, निसान लिफ, र निसान एक्स-ट्रेलमा लागू हुनेछ।

नजिकिँदै गरेको चाडपर्वको उत्सवमय अवसरमा यो विशेष छुटको योजना ल्याइएको कम्पनीले जनाएको छ।

‘निसान फेस्टिभ ड्राइभ’ योजना अन्तर्गत ग्राहकहरूले निसान गाडी बुकिङ गर्दा विभिन्न सुविधा पाउनेछन्। जसअन्तर्गत १ वर्ष नि:शुल्क गाडी बीमा (इन्स्योरेन्स), नि:शुल्क तीन वर्षको सडक कर(रोड ट्याक्स), नि:शुल्क तीन वर्षको सर्भिसिङ, तीन वर्षको वारेन्टी र १५ लाख रुपैयाँसम्मको छुटहरूबाट लाभान्वित हुन सकिनेछ।

निसान म्याग्नाइटको खरिदमा, फेस्टिभ डिल अन्तर्गतको सुविधाहरूका साथै ८० प्रतिशतसम्म सहज फाइनान्सिङको सुविधा छ, जसकारण छ वर्षसम्म ‘नो रनिङ कस्ट’ को मजा लिन सक्ने कम्पनीको दाबी छ।

त्यसैगरी, निसान एक्स-ट्रेल अझै बिगर र बोल्डर इलेक्ट्रिक एसयुभी हो, जसले मस्कुलर स्टाइलिङ, शक्तिशाली पर्फमेन्स र, उच्चस्तरको प्रविधिको साथ पारिवारिङ एडभेन्चर र घुमघामका लागि आरामदायी र उपयुक्त सुविधा प्रदान गर्दछ।

निसान एक्स-ट्रेलको खरिद गर्दा ग्राहकहरूले फेस्टिभ डिल योजनाका सबै लाभहरू प्राप्त गर्दै १८ वर्षसम्म ‘नो रनिङ कस्ट’को मज्जा लिन सक्ने कम्पनीको दाबी छ।

यो योजना अवधिभर विभिन्न मोडलका गाडीहरू उत्कृष्ट मूल्यमा सहज फाइनान्सिङ र विशेष छुटका साथ खरिद गर्न सकिनेछ। यी सुविधाहरूमा केही शर्तहरू लागू हुनेछन्।

पायोनियर मोटो कर्प यस योजना अवधिभर दिइने विभिन्न निःशुल्क सुविधाहरूले चाडपर्वको समयलाई थप उत्सवमय बनाउने विश्वास राख्दछ र सम्पूर्ण ग्राहकहरूलाई नजिकको निसान सोरुमा भिजिट गरी यो नयाँ योजनाका छुट तथा सुविधाहरू को मज्जा लिन आह्वान गर्दछ।

एजेन्सी

Comments

Back to top