नाडा अटो शोमा स्काइवेलको रेकर्ड, ९९ वटा गाडी बुकिङ भयो

नाडा अटो शो २०२४ मा स्काइवेलको ९९ वटा गाडी बुकिङ भएको छ। प्रिमियम इभी एसयुभीको रूपमा परिचित स्काईवेलले काठमाडौँ भृकुटीमण्डपमा जारी नाडा अटो शोमा स्टल राखेको छ।

अटो शोको अवलोकनमा आएका गाडीका पारखीहरूले ९९ युनिट बुकिङ गरेका हुन्। नेपालमा जी मोटर्सले स्काईवेलको आधिकारिक विक्रेता हो। जी मोटर्सका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले अटो शो को ५ औँ दिनसम्ममा स्काईवेलका प्रिमियम इभी एसयूभीको उत्साहप्रद बुकिङले भएको बताए।

उनले अटो शोमा ९९ वटा गाडी बुकिङ भएको बताए। नाडा अटो शोमा सहभागी लक्जरी इभीका पारखीहरूले स्काइवेलका प्रडक्ट मन पराएको देखियो।

नाडा अटो शो लक्षित गरेर कम्पनीले स्काइवेलका विभिन्न मोडलका गाडीहरूमा विशेष अफर समेत ल्याएको छ। सबै मोडलका गाडी खरिदमा ५ लाख रुपैयाँसम्मको छुट रहेको छ।

कम्पनीले नाडा अटो शोमा हाई ६२० किमी रेन्ज भएको इटी ५ र बीइई ११ का दुईवटा भेरियन्ट प्रदर्शनमा राखेको छ।  स्काइवेलका विद्युतीय सवारी जर्मनी, पोल्यान्ड, इजरायल, टर्की र रसियालगायत ५८ भन्दा बढी देशमा बिक्री हुँदै आएको छ।

एजेन्सी

Comments

Back to top