एनआईएमबीको मोबाइल बैंकिङमार्फत पाँच लाखसम्म कर्जा
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले आफ्नो मोबाइल बैंकिङमार्फत कर्जा उपलब्ध गराउने भएको छ । एनआईएमबी मोबाइल बैंकिङ एपमार्फत स्मार्टलोनको सुविधा सुरु भएको हो ।
यस सुविधामार्फत ग्राहकले बिनाधितो पाँच लाख रुपैयाँसम्मको कर्जा उक्त एपमार्फत लिन सक्ने बैंकले जनाएको छ । बैंकले कर्जाको सहज भुक्तानीका लागि विभिन्न समय अवधिमा आफ्नो कर्जा तिर्ने विकल्प समेत प्रदान गरेको छ ।
यसमा ग्राहकले १ महिनाभित्र वा बढीमा ३६ महिनासम्मको सरल किस्ताबन्दीको आधारमा कर्जा भुक्तानी गर्न सक्नेछन् ।
साथै आफ्नो कर्जा रकम चाहेको समयमा एकैचोटि तिर्न चाहने ग्राहकका लागि पूर्वभुक्तानीको समेत व्यवस्था भएको बताइएको छ ।
एजेन्सी
Comments