अभिभावकका यी ५ क्रियाकलाप जसले बच्चालाई रिस उठ्छ
सबै अभिभावकहरु आफ्ना बच्चाहरुसँग राम्रो सम्बन्ध बनाइराख्न चाहन्छन् तर कुनै बेला बच्चाहरुलाई उनै अभिभावकहरुका व्यवहार एकदमै मन पर्दैनन् ।
१. हिजोआज सामाजिक सञ्जालमा जो कोही पनि क्रियाशील छ, यस्तोमा कतिपय बाउआमा एकदमै धेरै बच्चाका तस्वीर तथा भिडियो लिइरहेका हुन्छन् । साथै उनीहरुलाई विभिन्न पोज दिन लगाउँछन् जसले गर्दा कतिपय अवस्थामा बच्चालाई रिस उठ्छ ।
२. कतिपय अवस्थामा अहिलेका अभिभावक बच्चालाई आत्मनिर्भर हुन दिने नाममा एक्लै छोड्दिन्छन् तर बच्चाहरु भने सधैं आमाबुवाको साथमा नै रहन रुचाउँछन् ।
३. कतिपय अभिभावक आफ्नो बच्चालाई अरुको बच्चासँग तुलना गर्ने गर्छन् जो उनीहरुलाई बिल्कुलै मन पर्दैन ।
४. कतिपय स्कूलका कार्यक्रम, बर्थडे लगायत बच्चाका महत्वपूर्ण दिनमा उनीहरुले बुवाआमालाई साथमा देख्न चाहन्छन् । यदि त्यस्तो अवस्थामा अभिभावकले समय व्यवस्थापन गर्न सकेनन् भने बच्चा निरास हुन्छन् ।
५. धेरै मानिसको बानी हुन्छ, बच्चालाई देख्ने बित्तिकै माया गर्न थाल्ने, उनीहरुलाई अनावश्यक चुम्बन गर्ने जो कतिपय अवस्थामा बच्चालाई मन परिरहेको हुँदैन ।
६. हरेक बच्चाले आफ्नो आमाबुवाले उनीहरुलाई महत्व दिउन भन्ने चाहन्छन् । यस्तो अवस्थामा अभिभावकले उनीहरुको कुरा नसुनेको जस्तो गर्दा बच्चालाई मन पर्दैन ।
७. कतिपय अवस्थामा सार्वजनिक स्थलमा आमाबुवाले बच्चाहरुप्रति अनुशासनमा राख्न कठोर स्वभाव देखाएको उनीहरुलाई मन पर्दैन ।
एजेन्सी
Comments