एनआईसी बैंकका ग्राहकलाई यतीको हवाई टिकटमा छुट
एनआईसी एसिया बैंक र यती एयरलाइन्ससँगको सहकार्यमा एनआईसी एसिया स्काई क्लब कार्ड सार्वजनिक गरिएको छ ।
भिजा को–ब्रान्डेड कार्डका रूपमा आएको उक्त कार्ड यती र बैंकका ग्राहकले पाउन सकिने जनाइएको छ । उक्त कार्ड लिन ग्राहकहरू बैंकको शाखा कार्यालयमा आवेदन दिनुपर्नेछ ।
सोही कार्ड प्रयोग गरी यती एयरको टिकट खरिद ग्राहकले १० प्रतिशतसम्म छुट तथा अन्य सुविधा प्राप्त गर्न सकिने बैंकले बताएको छ । प्रत्येक कारोबारमा ५ किलोग्राम अतिरिक्त ब्यागेजको सुविधा प्राप्त हुने यतीले बताएको छ ।
एजेन्सी
Comments