होन्डा कारको दशैँ अफर
होन्डा कारको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले दशैँ अफर सार्वजनिक गरेको छ । कम्पनीले ‘होन्डा कार दशैँ उपहार, अफरमाथि अफर’ नामक आकर्षक ग्राहकमुखी उपहार योजना सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार योजनाअन्तर्गत होन्डाको कुनै पनि कारको खरिदमा पाँच लाख रुपैयाँसम्मको क्यास छुट, दुई वर्षका लागि गाडीको बीमा, कर छुट र पाँच वर्षसम्म गाडीको सर्भिसिङ निःशुल्क पाउन सकिनेछ । ग्राहकहरूलाई ईजी फाइनान्सको सुविधा दिनको होन्डाको कार खरिद गर्दा न्यून व्याजदरमा २० प्रतिशतसम्मको डाउन पेमेन्ट पनि उपलब्ध गराइरहेको कम्पनीले जनाएको छ । कम्पनीले ग्राहकलाई अझ आकर्षक योजना प्रदान गर्ने उद्देश्यले निःशुल्क सामग्री र स्पट एक्सचेन्जको पनि सुविधा उपलब्ध गराउनेछ ।
यसका साथै कम्पनीले आफ्नो ग्राहकलाई सडक साइट सहयोगको सुविधा साथै दुई वर्ष अथवा कार एक लाख किलोमिटर चलाएसम्म वारेन्टी दिनेछ । यो योजना सीमित अवधिको लागि मात्र लागू हुने कम्पनीले जनाएको छ । नेपालमा सर्वाधिक रुचाइएको र विश्वास गरिएको होन्डा कारको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ ।
एजेन्सी
Comments