जीहोको एई४ स्कुटर नेपाली बजारमा, १७० किलोमिटरसम्मको रेन्ज
इलेक्ट्रिक स्कुटरमा अग्रणी जीहोले एई४ इलेक्ट्रिक स्कुटर नेपालमा सार्वजनिक गर्न लागेको छ। २७ अगस्टदेखि भृकुटीमण्डपमा हुने नाडा अटो शोमा स्कुटर सार्वजनिक हुनेछ।
ऋषि ट्रेड सेन्टरले नेपालमा सार्वजनिक गर्न लागेको स्कुटरमा नयाँ मोडलले स्मार्ट प्रविधि, उच्च पर्फर्मेन्स र दैनिक सहजताको अद्भुत संयोजन हुने कम्पनीको दाबी छ।
स्कुटरमा हुने तीन किलोवाटको मोटरले ६५ किलोमिटर प्रतिघण्टाको गतिमा कुद्न सकिनेछ। ३१ लिटरको भण्डारण क्षमता रहेको स्कुटरमा एक्सएल साइजको फराकिलो र आरामदायी सिट छ।
सुरक्षालाई प्राथमिकता दिँदै स्कुटरमा एबीएस र ईटीसीएस छ। अतिरिक्त सुविधाहरूमा कोलिसन वार्निङ सिस्टम र स्लोप होल्ड पनि स्कुटरमा समावेश छ।
चावी विना नै खुल्ने स्कुटरमा डिजिटल की, पासवर्ड, र मेकानिकलकी जस्ता अत्यधुनिक प्रविधिको प्रयोग गरिएको छ। यसमा टाइप सी र युएसबी चार्जिङ पोर्टहरु समावेश छ।
७४ भोल्ट २ एम्पिएर एएलटी लिथियम ब्याट्री हुने स्कुटरका ९० र १७० किलोमिटरको रेन्ज दिने दुई विकल्पहरु उपलब्ध हुनेछन्।
एजेन्सी
Comments