नाडा अटो सोमा दिपल एल ०७ का अलावा अर्को इभी सार्वजनिक गर्ने तयारी
प्रिमियम इलेक्ट्रिक एसयुभी दिपल एस ०७ पछि नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले यो वर्षको नाडा अटो सोमा दिपल एल०७ इलेक्ट्रिक सेडानको सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।
तथापी एमएडब्लु ववृद्धिले दिपल एल०७ बाहेक नयाँ इभी मोडेल प्रदर्शन गर्ने संकेत दिएको छ ।
दिपल एल०७ ले एस०७ले स्थापित गरेको ड्राइभिंग अनुभवको मापदण्डलाई अझै माथि पुर्याउने विश्वास चांगानले लिएको छ । अघिल्लो सिब्लिंगमा जस्तो नयाँ एल०७ मा पनि वेलकम सिट, एआर एचयुडी, जेस्चर कन्ट्रोल, सनफ्लावर टचस्क्रिन जस्ता इनोभेटिभ फिचरहरुका साथै ५४० किलोमिटरको आकर्षक रेन्ज पनि दिन्छ । चांगान नेपालले यो इलेक्ट्रिक सेडानले दर्शकको ध्यान तान्ने अपेक्षा गरेको छ ।
तथापी एमएडब्लु वृद्धि अटोकर्पले एल०७ बाहेक सार्वजनिक गर्ने तयारी गरेको नयाँ इभीबारे कुनै पनि जानकारी बाहिर ल्याएको छैन । ‘एमएडब्लु वृद्धिले ल्याउने यो नयाँ इभीले ड्राइभिंग अनुभवलाई पुनः परिभाषित गर्नेछ । यसले आफ्नो ट्यागलाइन दच द फ्युचरलाई नयाँ अर्थ दिनेछ,’ एमएडब्लु वृद्धिको व्यवस्थापन भन्छ, ‘अत्याधुनिक प्रविधि र नविनतम सुविधाले भरिएको यो नयाँ इभीले भविष्यको भावनालाई झल्काउनेछ जहाँ ड्राइभिंग एउटा आवश्यकता मात्र होइन, एउटा पूर्ण रुपको अनुभव पनि हुनेछ ।’
एमएडब्लु वृद्धिले यो ‘गोप्य मोडल’लाई नाडा अटो सोको पहिलो दिन सार्वजनिक गर्नेछ ।
एजेन्सी
Comments