कुमारी बैंक र इसेवाबीच २ लाखसम्मको सजिलो ऋण सुविधाका लागि सम्झौता

कुमारी बैंक लिमिटेड र इसेवाबीच इसेवाका ग्राहकहरुलाई इसेवा मोबाईल एप मार्फत सजिलो ऋण सुविधा प्रदान गर्ने सम्झौता भएको छ । कुमारी बैंकसँगको सम्झौतामा इसेवाले आफ्ना इसेवा एजेन्टहरूलाई व्यवसाय वृद्धिको लागि बिना कुनै धितो, कागजी प्रक्रिया वा लामो झन्झट रहित क्षण भरमै २ लाखसम्मको डिजिटल कर्जा सजिलै प्रदान गर्नेछ ।

पहिलो चरणमा इसेवा एजेन्टहरूलाई मात्र यो सजिलो ऋण सेवा उपलब्ध गराउने भनिएकोमा भविष्यमा चाँडै सम्पूर्ण प्रयोगकर्ताहरुको लागि उपलब्ध गराईने इसेवाले जनाएको छ।

इसेवा मार्फत लिइने सजिलो ऋण सुविधामा लागुहुने थप सर्तहरु बारे इसेवाको वोबसाईट/एप मार्फत जानकारी लिन सकिनेछ ।

एजेन्सी

Comments

Back to top