रातको समयमा लगातार काम गर्दा हुने शारीरिक समस्या

कतिपय मानिस दिउँसो भन्दा धेरै रातमा काम गर्छन् । कतिपय त्यस्ता काम हुन्छन् जो रातमै गर्नुपर्ने पनि हुन्छ । तर सधैँ रातमा काम गर्दा शरीरलाई धेरै नोक्सान पनि हुने गर्छन्। जसको बारेमा आज हामी बताउनेछौं ।

रातको समयमा काम गर्नु स्वास्थ्यका लागि नोक्सानदायक हुन्छ । यसले हृदयघातको खतरा बढाउँछ । निद्रा नलिँदा तपाईंको शरीरमा रक्तसञ्चार प्रभावित हुन्छ जसले हृदयघातको खतरा बढ्छ ।

रातको शिफ्टमा काम गर्ने व्यक्तिलाई डिप्रेशनको समस्या पनि आउन सक्छ । रातमा जाग्ने गर्दा शरीरमा सेरोटोनिनको स्तर कम हुन्छ । सेरोटिनिनले शरीरको मुडलाई राम्रो बनाउने गर्छ ।

रातको समयमा जाग्दा तपाईंलाई मधुमेहको समस्या पनि हुन सक्छ । रातमा जागेर काम गर्नेको शरीरको हर्मोन उत्पादन बिग्रन्छ जसले गर्दा शरीरमा मधुमेहको समस्या हुने गर्छ ।

त्यस्तै प्रायः रातमा जाग्ने व्यक्तिको पेटमा पनि समस्या हुने गर्छ । किनकि उनीहरु रातको समयमा चिया र कफी अत्यधिक सेवन गर्छन् जसले एसिडिटी, अपच आदि समस्या ल्याउने गर्छ ।

रातमा काम गर्ने व्यक्ति प्रायः दिउँसोमा सुत्ने गर्छन् । जसले गर्दा उनीहरुको शरीरमा भिटामिन डीको कमी हुने समस्या आउन सक्छ । लगातार भिटामिन डीको कमी हुँदा डिप्रेशन पनि हुने गर्छ ।

एजेन्सी

Comments

Back to top