बीवाईडीले पाकिस्तानमा कार उत्पादन प्लान्ट खोल्ने

चिनियाँ विद्युतीय कार निर्माता कम्पनी बीवाईडीले पाकिस्तानमा कार उत्पादन प्लान्ट खोल्ने घोषणा गरेको छ । बीवाईडीले पाकिस्तानको मेगा मोटर्ससँगको साझेदारीमा तीनवटा मोडेल उत्पादन गरी बिक्री गर्नेछ ।

बीवाईडी पाकिस्तानी बजारमा पहिलो प्रमुख नयाँ विद्युतीय सवारी प्रवेशकर्ता हो । पाकिस्तानमा चार्जिङ पूर्वाधारको अभावका कारण विद्युतीय कारको प्रयोग बढ्न सकेको छैन ।

एसिया प्यासिफिकका लागि बीवाईडीका महाप्रबन्धक लिउ जुलियाङले पाकिस्तानी बजारमा बीवाईडीको प्रवेश उपभोक्ताका लागि उन्नत सवारीसाधन उपलब्ध गराउनु मात्र नभएको बताएका छन् । उनले वातावरणीय जिम्मेवारी र प्राविधिक नवाचारको फराकिलो दृष्टिलाई निर्देशन गर्नेबारे महत्वपूर्ण रहेको बताए ।

बीवाईडीले साझेदारी गर्न लागेको मेगा मोटर्स पाकिस्तानको सबैभन्दा ठस्लो निजी गाडी विक्रेता कम्पनी हो जसलाई हुब्को भनेर चिनिन्छ । नयाँ प्लान्ट सन् २०२६ सम्म सञ्चालनमा आउने मेगा मोटर्सका प्रमुख कार्यकारी अधिकृत कमरान कमलले जानकारी दिएका छन् । हुब्कोले पाकिस्तानमा तीव्ररुपमा चार्जिङ पूर्वाधार विस्तार गर्ने रणनीति पनि बनाएको छ ।

एजेन्सी

Comments

Back to top