काँक्राबाट यसरी बनाउनुहोस् ‘डिटक्स वाटर’
काँक्राबाट एकदमै राम्रो डिटक्स वाटर तयार पार्न सकिन्छ । गर्मीमा यो पानी पिउनु स्वास्थ्यका लागि लाभदायक हुन्छ ।
तपाईं पनि घरमा सजिलै डिटक्स वाटर तयार गर्न सक्नुहुन्छ । जानौं यो बनाउने विधि र यसबाट पाइने फाइदाबारे–
सामग्री
डिटक्स वाटर बनाउन एउटा काँक्रो चाहिन्छ । साथमा एउटा कागती, अदुवाको सानो टुक्रा, पुदिनाको पात, चिया सिड्स एक चम्चा र एक लिटर पानी ।
बनाउने विधि
सबैभन्दा पहिला एउटा शिशाको भाँडोमा एक लिटर पानी लिनुहोस् । अब त्यसमा काँक्रालाई स्लाइस गरेर काटेर राख्नुहोस् र कागतीलाई पनि त्यसरी नै काटेर पानीमा राख्नुहोस् । त्यसपछि उक्त पानीमा चिया सिड्स, पुदिनाको पात, अदुवाको टुक्रा सबै राखेर राम्रोसँग पानीलाई हल्लाउनुहोस् ।
अब यो पानीलाई रातभर यसरी नै छोड्नुहोस् । तपाईंको डिटक्स वाटर तयार भयो । अर्को दिन बिहान यसलाई छानेर पिउनुहोस् ।
फाइदा
काँक्राबाट बनेको डिटक्स पानी पिउँदा पाचन प्रक्रिया सही रहन्छ । यसले पेट भित्रको फोहोर बाहिर निकाल्छ ।
यो डिटक्स पानी दैनिक रुपमा सेवन गर्न सकिन्छ । दैनिक सम्भव नभए हप्तामा दुई देखि तीन पटक अवश्य पिउनुहोस्। यसो गर्नाले छालामा पनि चमक आउँछ ।
यसमा हुने काँक्रा, कागती, पुदिना तथा चिया सिड्सका गुणले शरीरमा भएको फोहोर बाहिर फालेर रगत सफा गर्न सहयोग गर्छ ।
एजेन्सी
Comments