दुर्गा प्रसाईंको बीएण्डसीले पाएको सम्बन्धनविरुद्ध गोविन्द केसी पुगे सर्वोच्च
मेडिकल व्यवसायी दुर्गा प्रसाईंको मेडिकल कलेज बीएण्डसीले पाएको सम्बन्धनविरुद्ध डा. गोविन्द केसीले सर्वोच्च अदालत पुगेका छन् ।
बीएण्डसीले पाएको सम्बन्धन त्रुटिपूर्ण रहेको दाबी गर्दै केसी आइतबार आफैँ सर्वोच्च अदालत पुगेर निवेदन दर्ता गराएका हुन् ।
केसीले यसअघि बीएण्डसीको पक्षमा भएको बदर हुनुपर्ने माग गरेका छन्, जसमा उनले ८ वटा कारण देखाएका छन् ।
यसअघि अदालतले ०८० चैत १२ गते सर्वोच्चले प्रसाईंको मेडिकल कलेजलाई प्रक्रिया पूरा गरी सम्बन्धन दिनु भनि आदेश दिएको थियो । न्यायाधीशद्वय कुमार चुँडाल र सारङ्गा सुवेदीको इजलासले प्रसाईंको मागअनुसार रिट जारी हुने निर्णय सुनाएको थियो ।
त्यसविरुद्ध केसी पुन: अदालत पुगेका हुन् ।
एजेन्सी
Comments