समाज डेन्टल हस्पिटल प्रा.लि र प्रभु बैंक लि.बीच विशेष छुट सम्झौता
काठमाडौ महानगरपालिका, वडा नं ३१, बानेश्वर स्थित समाज डेन्टल हस्पिटल प्रा.लि. र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई समाज डेन्टल हस्पिटल प्रा.लि. को सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
समाज डेण्टल हस्पिटल र प्रभु बैंक लि. बिच ग्राहकहरुलाई लक्षित गरी दन्त स्वास्थ्यमा सहुलियत प्रदान गर्ने सम्झौता भएको छ ।
प्रभु बैँकका कर्मचारी र कर्मचारीका परीवारजन तथा ग्राहकहरुले क्रमशः १५% र १०% छुट, समाज डेण्टल हस्पिटलका सम्पूूर्ण शाखाहरुमा यो सेवा प्राप्त गर्न सक्नेछन्।
उक्त सम्झौता, समाज डेण्टल हस्पिटलका निर्देशक श्री श्रेया पाँडे र प्रभु बैंक लि.का बागमती प्रदेश प्रमुख श्री सुदेश कुमार देवकोटा को संयुक्त हस्ताक्षर बिच सम्पन्न भयो ।
एजेन्सी
Comments