बच्चाको पढ्ने कोठासँग जोडिएका वास्तु
वास्तुशास्त्रमा धेरै नियमहरू बताइएको छ । जसको घरमा ख्याल राख्दा शुभ फल प्राप्त हुने मान्यता छ । यस्तो यदि तपाईं चाहनुहुन्छ बच्चाको पढाईमा मन लागोस् र जीवनमा राम्रो काम गरोस् भने उनीहरूको कोठा बनाउने क्रममा केही वास्तु नियमहरूलाई ख्याल गर्नुहोस् ।
बच्चाको पढ्ने कोठा बनाउँदा दिशाको विशेष ख्याल गर्नुपर्दछ । यसलाई उत्तर–पूर्व दिशामा बनाउनु राम्रो मानिन्छ।
कैयौंले आफ्नो घरमा भर्याङको तल भएको सानो स्थानमा पढ्ने कोठा बनाउने गर्छन् । यसो गर्दा बच्चाको पढाईमा बाधा आउन सक्छ । त्यसैले कहिलै पनि भर्याङको तल अध्ययन कोठा नबनाउनुहोस् ।
बच्चाको पढ्ने कोठाको झ्याललाई उत्तरपूर्व वा पूर्व दिशामा बनाउनु राम्रो मानिन्छ । यस दिशामा बिहानको प्रकाश र हावाले गर्दा कोठामा सकारात्मक ऊर्जा आउँछ ।
कहिल्यै पनि बच्चाको अध्ययन कोठामा भएको टेबलमा खाना खान दिनु हुँदैन । वास्तुका अनुसार यस्तो गर्दा घरमा ठूलो वास्तुदोष पनि लाग्न सक्छ ।
बच्चाको अध्ययन कोठामा कहिल्यै पनि हिंसात्मक तस्वीर लगाउनु हुँदैन । यसको स्थानमा तपाईं माता सरस्वतीको तस्वीर लगाउन सक्नुहुन्छ ।
वास्तुअनुसार यस्तो पनि मान्यता छ कि अध्ययन कोठामा पढ्ने समयमा बच्चाको मुख सधैं उत्तरपूर्व दिशामा हुनु राम्रो हुन्छ । यसो गर्नाले बच्चाको पढाईमा मन लाग्छ ।
बच्चाहरूको अध्ययन कोठामा ल्यापटप, कम्प्युटर र बत्ती जस्ता चिजहरूलाई आग्नेय कोणमा राख्नु पर्दछ । यस्तो गर्नु एकदमै शुभ मानिन्छ ।
एजेन्सी
Comments