हिमालयन बैंकको नयाँ ब्याजदर सार्वजनिक

हिमालयन बैंकले नयाँ ब्याजदर घटाएर सार्वजनिक गरेको छ। बैंकले विभिन्न खातामा भदौ १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएर सार्वजनिक गरेको हो ।

बैंकले भदौमा मुद्दति निक्षेपमा संस्थागततर्फ ६ प्रतिशत र व्यक्तिगततर्फ ७ प्रतिशत ब्याज प्रदान गर्नेछ । बैंकले रेमिट्यान्स खातामा भने १ प्रतिशत बढी ब्याज दिनेछ ।

यसअघि साउनमा बैंकले संस्थागततर्फ ६.५० प्रतिशत र व्यक्तिगततर्फ ७।५० प्रतिशत ब्याजदर तोकेको थियो ।

बैंकले भदौमा साधारण बचत खातामा न्यूनतम ३.२५० प्रतिशतदेखि ५.२५० प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले साउनमा साधारण बचतमा सोही ब्याजदर तोकेको थियो ।

एजेन्सी

Comments

Back to top