भैरहवामा कजारिया रमेश टायल्सको अत्याधुनिक उत्पादन केन्द्र स्थापना
कजारिया रमेश टायल्स लिमिटेडले भैरहवामा नयाँ अत्याधुनिक उत्पादन केन्द्रको किल्न लाइट अप (भट्टी प्रज्वलन) उद्घाटन गरेको छ।
कजारिया सेरामिक्स लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशक अशोक कजारियाको प्रमुख उपस्थितिमा उत्पादन केन्द्रको किल्न लाइट अप अर्थात भट्टी प्रज्वलन गरिएको हो।
कार्यक्रममा बर्दघाट नगरपालिकाका मेयर शम्भुलाल श्रेष्ठ र बर्दघाट नगरपालिका वडा नम्बर १२ का अध्यक्ष उमाशंकर चौधरीले कजारिया रमेश टायल्स लिमिटेड परिवारलाई शुभकामना तथा बधाई प्रदान गरे।
केन्द्रले कजारिया रमेश टायल्स लिमिटेडलाई बजारको माग अनुसार व्यापक दायरामा उत्पादन गर्ने कम्पनीको दाबी छ।
कार्यक्रममा कजारिया सेरामिक्स लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशक कजारियाले नेपालमा नयाँ उत्पादन केन्द्र स्थापना ग्न पाउँदा गौरवान्वित महसुस गरेको बताए।
उनले भने, ‘अत्याधुनिक प्लान्ट हाम्रो नवीनता र गुणस्तरप्रतिको प्रतिबद्धतालाई जनाउँछ, जसले नेपालको बढ्दो बजारलाई अझ राम्रोसँग सेवा दिन हामीलाई देशको पूर्वाधार विकासमा योगदान गर्न सक्षम बनाउँछ।’
कजारिया रमेश टाइल्स लिमिटेडका अध्यक्ष प्रतिक जलानले केन्द्र स्थापनासँगै मुलुकको अर्थतन्त्रलाई सहयोग गर्दै टायलमा आत्मनिर्भर हुने लक्ष्यको पहिलो प्रक्रिया पार गरेको बताए।
एजेन्सी
Comments