नेप्सेमा ८.१८ अंकको गिरावट, २१ अर्ब ५१ करोडको सेयर कारोबार !
मंगलबार नेप्से परिसूचक ८.१८ अंकले घटेर २,९२३.४६ विन्दुमा पुगेको छ।
यस दिन कारोबार भएका ३३२ कम्पनीको कुल ५ करोड २७ लाख ६४ हजार ८३२ कित्ता सेयरको करिब २१ अर्ब ५१ करोड ५० लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ८० कम्पनीको सेयर मूल्य बढेको छ, १५७ कम्पनीको मूल्यमा गिरावट छ भने ६ कम्पनीको मूल्यमा परिवतर्न छैन।
यस दिन कारोबार भएका ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ।
प्रमुख कारोबार
यस दिन टप गेनरमा मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड, पिपुल्स् पावर लिमिटेड र दोल्ती पावर लिमिटेड रहेका छन् जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। टप लुजरमा नेपाल फाइनान्स लिमिटेड रहेको छ जसको सेयर मूल्य ९.९३% ले घटेको छ। कारोबार रकमका आधारमा नेपाल फाइनान्स लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ८१ करोड ९९ लाख बराबरको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा नबिल ब्यालेन्स्ड फण्ड २को कारोबार भएको छ।
Comments