सानिमा बैंकका ग्राहकहरुलाई बुद्ध एयरमा विशेष छुट
सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न बुद्ध एयरमा विशेष छुटको व्यवस्था गरेको छ ।
सानिमा बैंकको भिसा डेबिटरक्रेडिट कार्ड प्रयोगकर्ताहरुले डिजिटल भुक्तानी गर्दा बुद्ध एयरको टिकटमा ८ प्रतिशतको छुट प्राप्त गर्न सक्नेछन् ।
छुटका लागि ग्राहकहरुले बुद्ध एयरको कार्यालय वा एयरपोर्टको काउन्टरबाट भुक्तानी गर्नुपर्नेछ ।
बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।
छुटको विस्तृत विवरण बैंकको वेबसाईट https://www.sanimabank.com/digital-banking/offers मा उपलब्ध छ ।
एजेन्सी
Comments