दैनिक अनारको जुस पिउँदा शरीरमा पर्ने प्रभाव

अनार कयौं गुणले भरपूर हुन्छ । यसको सेवन स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । यही कारणले केही व्यक्ति दैनिक रुपमा अनारको जुस खान्छन् ।

दैनिक अनारको जुस खाँदा शरीरमा कस्तो प्रभाव पर्छ ? आज हामी यही विषयमा बताउनेछौं ।

अनारमा प्रोटिन, कार्बोहाइड्रेट, फाइबर, आइरन, भिटामिन सी, पोटाशियम, फस्फोरस र एन्टीअक्सीडेन्ट गुण भरपूर मात्रामा पाइन्छ । नियमित रुपमा दैनिक अनारको जुस पिउनु फाइदाजनक नै हुन्छ । तर, एक गिलास भन्दा धेरै खानु हुँदैन ।

यदि शरीरमा रगतको कमी छ भने अनारको जुस दैनिक सेवन गर्न सक्नुहुन्छ । यसमा भरपूर मात्रामा आइरन हुन्छ जसले तपाईंको समस्यालाई कम गर्न सक्छ ।

अनारको जुस पिउनु मुटुका लागि पनि राम्रो मानिन्छ । यसले मुटुको स्वास्थ्य राम्रो बनाइराख्न सहयोग गर्छ । साथमा मुटुसँग जोडिएका खतरा पनि कम गर्छ ।

दैनिक अनारको जुस पिउँदा छालाको स्वास्थ्य पनि राम्रो हुन्छ । यसबाहेक छालामा प्राकृतिक निखार पनि आउँछ । एक गिलास अनारको जुस पिउनु फाइदाजनक हुन्छ । तर, यो दिउँसोको समयमा पिउनु पर्दछ । रातको समयमा यसलाई पचाउन अलि समस्या हुन्छ ।

तपाईंलाई कब्जियत वा ग्यासको समस्या छ भने अनारको जुस पिउनबाट बच्नुहोस् । यसबाहेक मधुमेहका बिरामीले अनारको जुस धेरै पिउनु हुँदैन ।

एजेन्सी

Comments

Back to top